काठमाडौं, २ जेठ । नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्वन्धि महासन्धीको कार्यान्वयनमा उदासिनता देखाएको पाइएको छ । सो महासन्धीमा सन् २००३ मै हस्ताक्षर गरी सन् २००६ मा संसदबाटसमेत पास गरी कार्यान्वयनमा प्रतिवद्धता जनाएको नेपालले व्यवहारिक कार्यान्वयनमा भने सुस्तता देखाएको हो । महासन्धिमा सुर्तीजन्य पदार्थमा हरेक वर्ष १० प्रतिशतका दरले कर बढाउने र ७५ प्रतिशतसम्म पुर्याउने उल्लेख छ…