तीर्थाटनका लागि रवि लामिछाने भारत प्रस्थान

काठमाडौं, ६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि शुक्रबार भारत प्रस्थान गर्नुभएको छ।

लामिछाने भारत प्रस्थान गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ।

तीर्थाटनका क्रममा उहाँ धनगढी हुँदै भारतको उत्तराखण्डस्थित नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुग्नुहुनेछ। उहाँले परिवारसहित दुवै धार्मिक स्थलमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ।

प्रकाशित मिति: ६ कार्तिक २०८३, शुक्रबार  ०९ : १५  बजे