काठमाडौं, ६ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ।
क्यानका अनुसार लिग चरणका खेलका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, नकआउट चरणका एलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ।
तेस्रो संस्करणको एनपीएल अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ।
प्रतियोगिताका सबै खेलको टिकट साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।












प्रतिक्रिया