अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

अर्घाखाँची, ५ कात्तिक । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ भूमेकाथानमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ।

दुर्घटनामा भूमिकास्थान नगरपालिका–८ का ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीले जानकारी दिनुभएको छ।

प्रहरीका अनुसार दसैँको टीका लगाउन ढाकाबाङस्थित ससुराली गएका बाबुछोराको दुर्घटनामा मृत्यु भएको हो। रातिसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गरेका थिए।

खोजी गर्ने क्रममा बिहीबार बिहान सडकबाट तल जंगलमा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। मोटरसाइकलमा सवार बाबुछोरा दुवैको मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उनीहरू सवार लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: ५ कार्तिक २०८३, बिहिबार  १२ : ०४  बजे