तीन हजार ५८५ यात्रुले लिए निःशुल्क बस सेवाको सुविधा

काठमाडौं, ५ कात्तिक । दसैँ पर्वको अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट तीन हजार ५८५ यात्रु लाभान्वित भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीले सञ्चालन गरेका तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा गरेका छन्।

त्यस्तै, सशस्त्र प्रहरी बलले सञ्चालन गरेका दुईवटा बसबाट अष्टमी, नवमी र दशमीका दिन गरी दुई हजार १७९ यात्रुले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवाको सुविधा लिएका छन्। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले उक्त जानकारी दिनुभएको हो।

दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव हुन सक्ने भएकाले यात्रुको आवागमन सहज बनाउन दुवै सुरक्षा निकायले निःशुल्क बस सेवा सञ्चालन गरेका हुन्।

प्रकाशित मिति: ५ कार्तिक २०८३, बिहिबार  १२ : ०३  बजे