काठमाडौं, ५ कात्तिक । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य बाबुराम गौतमको निधन भएको छ।
बाँकेमा स्थायी घर भएका गौतम गुल्मीको थोर्गामा जन्मिएका थिए। उनले आफ्नो राजनीतिक कर्मथलो नेपालगन्जलाई बनाएका थिए। उनी २०५४ सालमा एमाले बाँके जिल्ला कमिटीको प्रमुखसमेत रहेका थिए।
गौतम एमालेका पूर्वकेन्द्रीय सल्लाहकार पनि थिए। उनको निधनप्रति दुःख व्यक्त गर्दै एमाले महासचिव शंकर पोखरेलले पार्टीका लागि ठूलो क्षति भएको बताउनुभएको छ।
पोखरेलले संघर्ष, सादगी र निष्ठाको राजनीतिमा समर्पित गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गर्नुभएको छ।
गौतमको निधनको कारण र उमेरबारे भने समाचारमा खुलाइएको छैन।












प्रतिक्रिया