काठमाडौं, २ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन तथा पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको छ।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती मन्दिरमा पुगेर पूजाअर्चना गर्नुभएको हो।
बडादसैँमा शक्तिस्वरूपा दुर्गा भवानीको विशेष आराधना गर्ने परम्परा छ। यस अवसरमा देवीको पूजा, पाठ र दर्शनका लागि काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ।












प्रतिक्रिया