महाकालीको बाढीले दोधारा–चाँदनी झोलुंगे पुलको एक भाग भत्कायो

कञ्चनपुर, १४ असोज । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्त नगरपालिकालाई जोड्ने झोलुंगे पुलको एक भाग भत्काएको छ।

बुधबार बिहान नदीको बीच भागमा रहेको पुलको एक पिलर भत्किएपछि पुलको केही भाग नदीमा बगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दोधारा–चाँदनीतर्फको तेस्रो स्पानमा क्षति पुगेको हो।

करिब डेढ किलोमिटर लामो उक्त झोलुंगे पुल दोधारा–चाँदनीका बासिन्दाका लागि लामो समयदेखि आवागमनको महत्वपूर्ण माध्यम रहँदै आएको छ।

महाकाली नदीमाथि बनेको यो पुलको लम्बाइ १ हजार ४५२ दशमलव ९६ मिटर रहेको छ। यसलाई एसियाकै दोस्रो लामो झोलुंगे पुलका रूपमा चिनिन्छ।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार  १० : ३०  बजे