काठमाडौं, १२ असोज । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
न्यायाधीश उद्धवप्रसाद गजुरेलको इजलासले सोमबार प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि भन्दै साइबर ब्युरोले अदालतसँग थुनामा राख्ने अनुमति मागेको थियो । अदालतको अनुमतिपछि प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।
साइबर ब्युरोको टोलीले प्रसाईंलाई सोमबार भक्तपुरस्थित उहाँको निवासबाट पक्राउ गरेको थियो ।
प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पक्राउ परी हिरासतमा बसेर रिहा हुनुभएको थियो ।











प्रतिक्रिया