चोलेन्द्रलाई भेट्न नदिएपछि मानव अधिकार आयोगको टोली फर्कियो

काठमाडौं, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न प्रहरीले अनुमति नदिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली फर्किएको छ ।

जबरालाई राखिएको प्रहरी कार्यालयको गेटमा आयोगको टोली करिब ४५ मिनेट बसे पनि भेट्न नदिएपछि फर्किएको हो ।

अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई शुक्रबार राति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको थियो । उनलाई प्रहरी परिसरमा एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको जनाइएको छ ।

प्रहरीले सुरक्षा थ्रेटका कारण जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जनाएको छ । उनको पक्राउ र राखिएको प्रक्रियाबारे कानुनका जानकारहरूले प्रश्न उठाएका छन् ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  १३ : ५१  बजे