देउवा साउन २८ गते काठमाडौं फर्किँदै, स्वागत गर्न नेता–कार्यकर्ता विमानस्थल पुग्ने

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्किनुहुने भएको छ।

यसअघि साउन २६ गते नै नेपाल फर्किने भनिए पनि समय परिवर्तन गरिएको नेता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ।

महतका अनुसार देउवा साउन २८ गते दिउँसो १२ः२५ बजे काठमाडौं आइपुग्नुहुनेछ। उहाँले रातिको समय भएकाले नेता–कार्यकर्ताको आग्रहमा फर्किने मिति परिवर्तन गरिएको बताउनुभयो।

देउवा स्वदेश फर्किँदा स्वागतका लागि नेता तथा कार्यकर्ता विमानस्थलमा पुग्ने कार्यक्रम रहेको महतले जानकारी दिनुभयो।

उहाँका अनुसार देउवा नेपाल फर्किएको भोलिपल्टै आफूनिकट नेताहरूले आयोजना गरेको भेलालाई सम्बोधन गर्नुहुनेछ।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार  १७ : २९  बजे