काठमाडौं, २३ साउन। जाजरकोटमा झारफुकका नाममा १४ वर्षीया बालिकामाथि निर्घात कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बारेकोट गाउँपालिका–६ धुमाका ५९ वर्षीय हिरालाल चलाउने रहेका छन्।
चलाउनेले झारफुक गर्ने क्रममा बालिकामाथि कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो। उक्त घटना असार ५ गते भएको प्रहरीले जनाएको छ।
भिडिओ सार्वजनिक भएपछि प्रहरीले साउन २१ गते चलाउनेलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।
अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिनुभएको छ।







प्रतिक्रिया