आज बस्दै राष्ट्रियसभा बैठक, गृहमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं, साउन २१ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठकमा गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

दिउँसो १:१५ बजे बस्ने बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक एवं सामाजिक सुरक्षामन्त्री सीता बादीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनुहुनेछ।

यस्तै, राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्ने कार्यक्रम पनि रहेको छ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार  ०९ : ३३  बजे