काठमाडौं, २० साउन । अविरल वर्षाका कारण हुन सक्ने सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै बेनी–जोमसोम सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र बुधबार भारी वर्षाको पूर्वानुमान गरेपछि कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम सडकमा रातिको यातायात बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो।
बेनी–जोमसोम सडक मुक्तिनाथ हुँदै कोरला नाकासम्म पुग्ने प्रमुख मार्ग भएकाले यात्रुलाई यात्रा अघि सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।







प्रतिक्रिया