काठमाडौं, २६ असार । गृहमन्त्री सुधन गुरुङले आफू ‘स्टन्टबाजी’ गर्न सरकारमा नआएको बताउनुभएको छ ।गणेश नेपालीको घटनाबारे जानकारी दिन आज प्रतिनिधिसभाको बैठकमा पुग्नुभएका गृहमन्त्री गुरुङले यो घटनामा कति जना अस्पताल पुगे भनी विपक्षी दलका सांसदहरूलाई प्रश्न पनि गर्नुभयो ।
ठाउँमा पुगेर नागरिकको सेवा गर्न नसक्ने तर सदनमा नागरिकको सेवा गर्छु भनेर चिच्याएर मात्रै नहुने उहाँको भनाइ थियो ।गृहमन्त्रीले आफूहरूले ठाउँमा गएर नागरिकको सेवा गर्दा त्यसलाई विपक्षी दलका सांसदहरूले ‘स्टन्टबाजी’ भनेकोमा आपत्ति जनाउँदै आफूलाई त्यस्तो इच्छा नभएको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘मैले धेरै माननीयज्यूहरू देखेँ – उठेर सदनमा घाँटी सुक्नेगरी चिच्याइरहनुभएको थियो । सदनमा चिच्याएर मात्रै हुँदैन । नागरिकको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । मुखले बोलेको ५०औँ वर्ष भइसक्यो । हामीले हातले गर्नुपर्दछ । ठाउँमा गएर गर्नुपर्दछ । नागरिकको सेवा ठाउँमा गएर गर्न सक्नुपर्दछ । त्यसलाई तपाईँहरू स्टन्टबाजी भन्नुहुन्छ । म आफ्नो देशको सेवा गर्न आएको हो ।’







प्रतिक्रिया