बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी

काठमाडौं, २२ असार । बाढीका कारण अवरुद्ध रहेको बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी भैरहेको छ । रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि गाडी आवागमन बन्द गरिएको हो ।

पानी नपरेको र खोलामा पानीको सतह पनि कम भएकाले सडक खुलाउने तयारी भैरहेको काभ्रे प्रहरीले जनाएको छ । प्रहरीले काठमाण्डौतर्फ र पूर्वतर्फ आवतजावत गरिरहेका गाडीलाई काभ्रेभञ्ज्याङ र मङ्गलटारमा रोकेको छ ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार  ०७ : ५८  बजे