रास्वपालाई बाबुरामको सुझावः ‘सत्य र न्यायको पक्षमा दृढ रहनु’

काठमाडौं, ७ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई सुझाव दिनुभएको छ ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले रास्वपाले प्राप्त गरेको सफलतालाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कडीका रूपमा आफूले लिएको बताउनुभयो । रास्वपाको सफलतालाई आफ्नो पुस्ताका नेताहरूले भ्रमपूर्ण विचार राख्ने गरे पनि आफूले भन्ने यसलाई नयाँ खालको क्रान्तिका रूपमा लिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘रास्वपाले यो ४ वर्षभित्र प्राप्त गरेको उपलब्धिलाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कडीका रूपमा लिनुपर्दछ भन्ने मेरो मान्यता छ । तर मेरो स्पष्ट धारणा के छ भने सत्य र न्यायको पक्षमा तपाईँहरू उभिनुपर्दछ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले आफूले नयाँ राजनीतिक शक्ति भनेर वैकल्पिक राजनीतिक शक्तिको पैरवी गर्दै आएको र रास्वपालाई त्यसैको महत्त्वपूर्ण उपलब्धिका रूपमा ग्रहण गरेको पनि बताउनुभयो ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार  २२ : ०५  बजे