काठमाडौं, १ असार । चीनको बेइजिङमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङबीच भेटवार्ता भएको छ।
परराष्ट्रमन्त्री खनालले सोमबार सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी दिँदै नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताउनुभएको छ।
भेटमा पार्टी–पार्टीबीचको आदानप्रदान विस्तार गर्ने, जनस्तरको सम्बन्धलाई अझ गहिरो बनाउने तथा आपसी सहकार्यलाई मजबुत बनाउने विषयमा फलदायी छलफल भएको उहाँले उल्लेख गर्नुभएको छ।
चीन भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य उच्च चिनियाँ अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, लगानी सम्मेलनमा सहभागी हुने, चिनियाँ उद्यमी तथा व्यवसायीसँग छलफल गर्ने तथा बीआरआई कार्यान्वयनसम्बन्धी विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।
मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।








प्रतिक्रिया