तराईमा गर्मी उस्तै, आज पनि केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौं, २५ जेठ । गए राति कोशी र गण्डकीमा मध्यम वर्षा भएको छ । कोशीको इलाम, सङ्खुवासभा र गण्डकीको कास्की, गोरखा, तनहुँ लगायतका ठाउँमा पानी परेको छ । गएको १२ घण्टामा इलाममा सबैभन्दा बढी ७२ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबका केही दिन पनि तराईमा गर्मी बढ्ने तथा पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने महाशाखाले जनाएको छ । आज र भोलि मधेश प्रदेश लगायत, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ ।

यस्तै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग बदली भई एक–दुई ठाउँमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आउँदो शुक्रबार र शनिवार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार  ०९ : १०  बजे