सुकुम्वासीका लागि दीर्घकालीन समाधान खोज्न सरकारलाई सांसदहरूको आग्रह

काठमाडौं, ८ जेठ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्वासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद मनरुपा शर्माले काठमाडौँका नदीकिनारबाट हटाइएका सुकुम्वासीका बालबच्चा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिक राखिएको स्थानमा प्रभावकारी मनोपरामर्श सेवा उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद रेणु चन्दले सुकुम्वासीको मानवअधिकार र मौलिक अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सुकुम्वासी राखिएका होल्डिङ सेन्टरमा शुद्ध खानपानको प्रबन्ध गर्न माग गरिन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार  १७ : ३५  बजे