कक्षा ११ को पठनपाठन असार १ बाट सुरू गर्न सरकारको निर्देशन

काठमाडौं, ६ जेठ । काठमाडौं । सरकारले कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरू गर्न निर्देशन दिएको छ ।शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रहरूलाई पत्राचार गर्दै उक्त विषय जानकारी गराएको हो ।पत्रमा शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र उद्धृत गर्दै शैक्षिक सत्र २०८२ को एसईईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पढाइ असार १ गतेबाट गर्ने गरी सूचना प्रवाह गर्न भनिएको छ ।विगतमा एसईई नतिजा प्रकाशन हुन ३ महिनासम्म लाग्थ्यो । यसपालि भने १ महिनामै नतिजा निकालिसकिएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार  १७ : ५६  बजे