काठमाडौं, ५ जेठ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुँदैछ ।
संवैधानिक परिषद्ले गएको वैशाख २४ मा शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । लगत्तै संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । डा. शर्माविरुद्ध १६ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनुवाइ हुन लागेको जानकारी दिनुभयो । प्राप्त उजुरी खोल्नका लागि अहिले बिहान ८ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक राखिएको छ । उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ । त्यसपछि उजुरीकर्तासँग छलफल गरिनेछ । सुनुवाइपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ ।








प्रतिक्रिया