एमालेको सचिवालय बैठक आज

काठमाडौं, ४ जेठ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार शनिबार दिउँसो बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण आजका लागि सारिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेताहरू जेठ ३ गते मनाइने मदन–आश्रित दिवसका सन्दर्भमा व्यस्त भएका थिए।आजको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उनको निजी निवास गुण्डुमा बस्ने गरी तय भएको उहाँको भनाइ छ। बैठकमा समसामयिक राजनीति, सुकुमवासीका सवाल एवम् जनपक्षीय विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार  ०७ : १३  बजे