काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले पार्टीभित्रको विवादभन्दा देशका मुद्दामा केन्द्रित हुने समय आएको बताउनुभएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूले बीपी कोइराला ले लगाउनुभएको जुत्तामा खुट्टा हालेको उल्लेख गर्दै अब राष्ट्रिय मुद्दा र देशको भविष्यप्रति गम्भीर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
“मैले आज बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु। यो जुत्ता सबैभन्दा महँगो, बलियो र भरपर्दो हो,” उहाँले भन्नुभयो, “यो जुत्तामा खुट्टा हालेको कांग्रेस सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घरझगडाको ?”
सभापति थापाले पार्टीभित्र सबैलाई मिलाएर अघि बढ्न आफू सधैं तयार रहेको समेत बताउनुभयो।
उहाँले नेपाली कांग्रेसको १४औँ महाधिवेशन बाट निर्वाचित कुनै नेताप्रति पनि विभेद नगर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई सम्मानजनक भूमिका दिन तयार रहेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार पार्टीलाई एकताबद्ध बनाएर राष्ट्रिय मुद्दामा प्रभावकारी भूमिका खेल्नु अहिलेको मुख्य आवश्यकता हो।








प्रतिक्रिया