काठमाडौं, ३१ वैशाख । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुले उठाएको जिज्ञासामा जवाफ दिने भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदहरुले जिज्ञासा राखेका थिए ।
जिज्ञासाहरुको जवाफ बुधबार प्रधानमन्त्री शाहले दिने कार्यसूची थियो । तर प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएपछि प्रतिपक्षी दलका सांसदहरुले सदन अवरुद्ध गरेका थिए । बुधबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे राखिएको छ । संघीय संसदले जारी गरेको कार्यसूचीमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने बताइएको छ ।
आजै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३–८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक०माथि छलफलका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने तालिका छ । यस्तै, प्रतिनिधि सभाका सदस्य गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ प्रस्ताव पेस गर्ने छन् ।








प्रतिक्रिया