काठमाडौं, २९ वैशाख ।हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।मंगलबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने भएको हो। साथै बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ।कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन९चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।त्यस्तै, मंगलबार दिउँसो भने कोशी र बाँकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। साथै
तराई भू-भागमा भने आंशिक बादल लाग्ने भएको हो। कोशी, बागमती, गण्डकी र बाँकी हिमाली तथा पहाडी–तराई भू–भागका केही स्थानमा मेघगर्जन९चट्याङ्गसहित मध्यमसम्म वर्षा९हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।त्यस्तै, मंगलबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू९भागमा साधारणतया बादल लाग्ने भएको हो। साथै बाँकी भू–भागमा भने आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती प्रदेश र बाँकी हिमाली तथा पहाडी९ तराई भू९भागका केही स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यमसम्मको वर्षा९हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।








प्रतिक्रिया