काठमाण्डौमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो

काठमाडौं, २८ वैशाख । स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज काठमाण्डौ विमानस्थलमा अवतरण गर्ने क्रममा पाङग्रामा अचानक लागेको आगो निभाइएको छ । आज बिहान पौने ७ बजेतिर जहाज अवतरण गर्ने क्रममा पाङ्ग्राबाट धुवाँ उडेको देख्नेबित्तिकै दमकलले निभाएको थियो ।

जहाजमा रहेका सबै यात्रुहरूलाई आकश्मिक ढोका प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालिएको छ । सबै यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ । आगलागीको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक रूपमा पाङ्ग्राको प्राविधिक समस्या वा अत्यधिक घर्षणका कारण आगो देखिएको हुन सक्ने अनुमान गरिएको छ ।

जहाजको पाङग्रामा आगो लागेपछि काठमाण्डौ विमानस्थलबाट हुने अरु जहाजको उडान र अवतरण रोकिएको छ । काठमाण्डौ आउँदै गरेका जहाज आकाशमै फन्को लगाइरहेका थिए । । केहि वेर अघिबाट विमान स्थल सुचारु भएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार  ०८ : ४०  बजे