देशका-७ वटै प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितको मध्यम वर्षा र हिमपात हुँदै

काठमाडौं,  २४ बैशाख ।  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।बिहीबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको हिमाली प्रदेशमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको हो।

गण्डकी, लुम्बिनी, बागमती, कर्णाली र कोशी प्रदेशको केही मेघगर्जन-चट्याङ हल्कादेखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।त्यस्तै, बिहीबार दिउँसो भने देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएको हो। साथै राई भू-भागमा भने आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली तथा पहाडी भू(भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहितको मध्यमसम्मको वर्षा-हिमपात हुने भएको हो । साथै बाँकी तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहितको हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, बिहीबार राति भने कोशी प्रदेश देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहितको मध्यम वर्षा हुने भएको छ।

मधेश र बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहितको हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार  ०७ : १२  बजे