काठमाडौं, २५ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रवार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा ९५ मा राष्ट्रपतिले चुनावपछिको पहिलो अधिवेशनमा सम्बोधन गर्ने व्यवस्था छ ।
18
Shares







प्रतिक्रिया