काठमाडौं, २२ चैत्र । सार्वजनिक शान्तिमा खलल पुर्याउने व्यक्तिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी परिसर भक्तपुरले शनिवार चलाएको ‘स्वीप अप्रेसन’ का क्रममा ६० भन्दा बढी पक्राउ परेका छन् ।जिल्ला प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले ६० भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको बताउनुभयो ।
पक्राउ परेका व्यक्तिका विभिन्न कसुरमाथि छानबिन गरेपछि मुद्दा चलाइने भएको छ । ठिमी र जगाते प्रहरी वृत्तसहित जिल्लाका विभिन्न प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन सुरु गरेको खड्काले बताउनुभयो। उनीहरूले सार्वजनिक स्थलमा शान्तिसुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शङ्कास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्नेलगायत शङ्कास्पद गतिविधि गरेका कारण पक्राउ गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पनि उक्त अप्रेसन चलाइएको हो ।







प्रतिक्रिया