काठमाडौँ, १९ चैत । नेकपा एमालेको राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
संघीय संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को प्रस्तावमा डा. दंगाललाई राष्ट्रिय सभा संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरिएको एमालेले जनाएको छ।
डा. दंगाल हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित हुनुभएको हो। उहाँ एमालेनिकट अखिल नेपाल किसान महासंघका अध्यक्ष समेत हुनुहुन्छ।
पार्टीभित्र किसान वर्गको मुद्दा उठाउँदै आउनुभएका दंगाललाई राष्ट्रिय सभामा दलको नेतृत्वको जिम्मेवारी दिइनुलाई एमालेको रणनीतिक निर्णयका रूपमा हेरिएको छ। राष्ट्रिय सभामा आगामी विधेयक, नीतिगत बहस र प्रतिपक्षी भूमिकामा उहाँको नेतृत्व महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया