पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

काठमाडौं, १५ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।

उहाँलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै श्रीमती राधिका शाक्य को तर्फबाट उक्त रिट दायर गरिएको हो। आइतबार दर्ता भएको रिटमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने जनाइएको छ।

जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई चैत १४ गते शनिबार पक्राउ गरिएको थियो। एमालेले उक्त गिरफ्तारीलाई गैरकानुनी र पूर्वाग्रहपूर्ण भन्दै राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरिसकेको छ।

पक्राउ परेसँगै ओलीलाई हाल त्रिवि शिक्षण अस्पतालमा राखिएको छ, जहाँ उहाँको स्वास्थ्य निगरानी भइरहेको बताइएको छ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार  १६ : ०१  बजे