रहेनन् अर्थविद् केशव आचार्य

काठमाडौं, ९ चैत्र ।  वरिष्ठ अर्थविद् केशव आचार्यको निधन भएको छ । ७२ वर्षीय आचार्यको सोमबार बिहान ९ः५५ मा निधन भएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमबार बिहान चाबहिलस्थित मेडिकेयर अस्पताल पुर्‍याइएको थियो । त्यसपछि थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो ।
आचार्यले नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा समेत उहाँले काम गर्नुभएको थियो ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार  १६ : ०१  बजे