काठमाडौं, ७ चैत । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि पुग्नुभएको सिंगापुर बाट हङकङ प्रस्थान गर्नुभएको छ।
उहाँ गत फागुन १३ गते नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि सिंगापुर जानुभएको थियो। सिंगापुरमा उपचारका सबै प्रक्रिया सम्पन्न गरेपछि उहाँ हङकङतर्फ प्रस्थान गर्नुभएको हो।
हङकङमा उहाँले थप स्वास्थ्य जाँच तथा उपचार गराउनुका साथै पारिवारिक भेटघाट एवं कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम रहेको बताइएको छ।
उहाँको हङकङ बसाइपछिका सम्पूर्ण कार्यक्रम सम्पन्न भएपछि स्वदेश फर्कनुहुने जनाइएको छ।







प्रतिक्रिया