भोलि कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षा र हिमपातको सम्भावना (यस्तो छ तीन दिनको मौसम पूर्वानुमान)

काठमाडौं, ५ चैत्र । आज, भोलि र पर्सि मेघगर्जन–चट्याङ्ग, हावाहुरी, असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बिहानपख मौसम सफा रहे पनि बेलुकीपख बदली हुने र हावाहुरीसहित पानी पर्न सक्नेछ । भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक, दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
आज बिहीबार

दिउँसो स् कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरु, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै ठाउँहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको तथा कोशी प्रदेश लगायत बागमती प्रदेशको पहाडी र हिमाली भूभाग, मधेश र सुदूरपश्चिम प्रदेशको तराईका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग, असिनासहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति स् कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरू, कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै ठाउँहरु तथा लुम्बिनी, बागमती प्रदेशको हिमाली भूभागका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

भोलि शुक्रबार
दिउँसो स् देशका धेरै ठाउँमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरू, गण्डकी , लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरु तथा बाँकी प्रदेशको थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक, दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति स् देशभर धेरै ठाउँमा बादल लाग्नेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको धेरै ठाउँहरु र बाँकी प्रदेशका केही ठाउँहरुमा मेघगर्जन, चट्याङ्ग र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

पर्सि शनिबार
दिउँसो स् देशभर धेरै ठाउँमा बादल लाग्नेछ। कोशी र बागमती प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही ठाउँहरु तथा बाँकी प्रदेशको थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति स् देशभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको पहाडी र हिमाली थोरै ठाउँहरुमा तथा मधेश प्रदेश लगायत देशको बाँकी पहाडी र हिमाली भूभागका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार  १२ : १४  बजे