काठमाडौं, २ चैत । जेनजी आन्दोलनबारे छानिबन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले आज पनि विरोध जनाएका छन् । जेन–जी मुभमेन्ट अलाइन्स, नेपाल जेन–जी फ्रन्ट लगायतका युवा अभियन्ताहरु माइतीघर मण्डलामा उत्रिएका हुन् ।
उनीहरुले आँखामा कालोपट्टी बाँधेर आँशुको रङ त हुँदैन, प्रतिवेदन केले छेकियो ?, कार्की आयोगको प्रतिवेदन खोई ? हाम्रो रगत किन र कसले बगायो त्यति पनि पढ्ने अधिकार हाम्रो छैन हो सरकार ? लगायतका पर्चा बोकेका छन् ।
गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन फागुन २४ गते प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको थियो ।







प्रतिक्रिया