काठमाडौं, २६ फागुन । रुकुम पश्चिममा एकै घरका दुई दिदीबहिनीको शव फेला परेको छ भने एक अर्की किशोरी बेपत्ता रहेकी छन् ।
बाँफिकोट गाउँपालिका-३ भाग्लेस्थित सानीभेरी नदीमा सोही ठाउँकी १४ बर्षीया उर्मिला वली र १२ बर्षीया कल्पना वलीको शव मंगलबार फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनकाअनुसार उनीहरू एकै घरका दिदीबहिनी हुन् ।
उनीहरू नदीमा डुबिरहेको अवस्थामा स्थानीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक पुनका अनुसार करिब ५ सय मिटरको दुरीमा उनीहरूको शव फेला परेको हो । यस्तै स्थानीय १३ बर्षीया सपना वली बेपत्ता रहेकी छन् । उनको खोजी भइरहेको छ ।
उनीहरू सोमबार मुसिकोट नगरपालिका १ को भलखोलामा विवाहका लागि घरबाट निस्किएको र घर नफर्किएको बताइएको छ । उनीहरू कसरी नदीमा बगे भनेर पत्ता लागेको छैन ।









प्रतिक्रिया