काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसले अहिलेसम्म १४ वटा निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ । कांग्रेसले जितेका निर्वाचन क्षेत्र र उम्मेदवार यस प्रकार छन् स्
१। मो। फिरदोश आलम, रौतहट २ बाट २९ हजार ५२८ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी नेकपाको किरणकुमार साहको १८ हजार ४४२ मत ।
२। नरेन्द्रकुमार केरुङ, पाँचथरबाट १७ हजार २३३ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी श्रम संस्कृतिका हस्तराज शेर्माको १४ हजार ७३४ मत ।
३। जयपति रोकाय, हुम्लाबाट ८ हजार ७९६ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी नेकपाका दीपेन्द्र रोकायलाई ७ हजार २४३ मत प्राप्त ।
४। सन्दिप राना, पाल्पा १ मा १८ हजार ३३६ मत सहित विजयी । निकटतम प्रतिष्पर्धी एमालेका नारायण आचार्यलाई १६ हजार ८१९ मत प्राप्त ।
५। विष्णुबहादुर खड्का, सुर्खेत १ मा २६ हजार ८९७ मत सहित विजयी । निकटतम प्रतिष्पर्धी एमालेको धु्रबकुमार शाहीलाई १८ हजार ८९० मत प्राप्त ।
६। अभिषेक प्रताप शाह, कपिलबस्तु ३ मा २३ हजार ५३५ मत सहित विजयी । निकटतम प्रतिष्पर्धी रास्वपाका प्रकाश रजौरियाको १८ हजार ८९० मत ।
७। भरतकुमार स्वार, अछाम १ मा १० हजार ७५९ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी नेकपाका भीमबहादुर रावलको १० हजार २३३ मत ।
८। खडकबहादुर बुढा, जाजरकोटबाट २० हजार १४२ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी नेकपाका शक्तिबहादुर बस्नेतको १७ हजार ४०७ मत ।
९।भरतबहादुर खड्का – डोटीबाट १४ हजार ८९७ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी एमालेका दीपकबहादुर धामीको १४ हजार ११० मत ।
१०। सन्तोष सुब्बा तेह्रथुमबाट ११ हजार ५६१ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी एमालेका भानुभक्त ढकालको १० हजार ६८२ मत ।
११। बासना थापा दैलेख १ मा १२ हजार ३७२ मत ल्याएर विजयी । निकटम प्रतिष्पर्धी एमालेका रविन्द्रराज शर्माको ११ हजार ७९६ मत ।
१२। मोहन आचार्य रसुवा १ मा १० हजार ६५६ मत ल्याएर विजयी । निकटम प्रतिष्पर्धी रास्वपाका बसन्त भट्टको ५ हजार ५७१ मत ।
१३। योगेश गौचन थकाली मुस्ताङबाट ३ हजार ३०७ मत ल्याएर विजयी । प्रतिस्पर्धी एमालेका ईन्द्रधार विष्टको १ हजार ८०३ मत ।
१४। टेकबहादुर गुरुङ मनाङबाट २ हजार ४१५ मतसहित विजयी । निकटमत प्रतिस्पर्धी नेकपाकी यशोदा गुरुङ ९सुवेदी०को ४५४ मत ।









प्रतिक्रिया