सुनको भाउ आज तोलामा ३ हजार ५ सय रुपैयाँले बढ्यो

काठमाडौं, २४ फागुन ।  आज सुनचाँदीको भाउ बढेको छ । अस्ति शुक्रवारभन्दा सुन आज तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलाको तीन लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार सुनको भाउ तोलाको ३ लाख १३ हजार ४ सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदी आज तोलामा ३० रुपैयाँले बढेर तोलाको ५ हजार ४ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  १२ : १९  बजे