काठमाडौँ, २० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेटर्वार्ता गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गराउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार मुलुकभर एकसाथ हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।









प्रतिक्रिया