काठमाडौं, ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङमा भएको बस दुर्घटनाप्रति दुस्ख व्यक्त गर्नुभएको छ।अध्यक्ष ओलीले सोमबार सामाजिक सञ्जालमार्फत घटनाका मृतकहरूप्रति श्रद्धाञ्जली दिँदै उनीहरूका परिवारमा समवेदना व्यक्त गर्नुभउको हो ।
उहाँले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ। पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस आइतबार रातीिधादिङको भैंसीगौंडा स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा हालसम्म १७ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी २४ जना यात्रु घाइते भएको प्रहरीले बताएको हो ।










प्रतिक्रिया