दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ

काठमाडौं, २३ माघ ।  ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । काठमाण्डौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट उनी पक्राउ परेका हुन् ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । त्यही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

मेडिकल व्यवसायी प्रसाईं यसअघि पनि पक्राउ परेर छुटेका थिए । यसअघि पछिल्लो पटक माघ ५ मा प्रसाईं पोखराबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार  १७ : २०  बजे