काठमाडौं, २२ माघ । जेनजी आन्दोलनको क्रममा सिंहदरबार जलाएको भन्दै अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार चितवनको खैरहनी नगरपालिका–९ घर भएका ३६ वर्षीय महेन्द्र गौतमलाई पक्राउ गरिएको हो ।एसपी गौतमका अनुसार सिंहदरबार आगजनी गरेको बताउने र अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साउने कार्यमा संलग्न रहेको आधारमा गौतमलाई पक्राउ गरिएको हो ।
उनी भीडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिने अपराधमा संलग्न रहेको प्रहरीले बताएको छ । पक्राउ परेका गौतम चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगरका बसोबास गर्छन् ।
उनले भिडिओमा भनेका छन्– ‘सिंहदरबारको गेट तोडेर भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं ।’ गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा ५ (पाँच) दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।









प्रतिक्रिया