काठमाडौँ, १९ माघ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि हवन गरिएको छ। एक महिनादेखि माइतीघर मण्डलामा आन्दोलनरत ‘नेत्रवाद दर्शन’ समूहले आइतबारदेखि संसद् भवनको मुख्य गेट अगाडि होम–यज्ञ तथा पूजा गर्न थालेको हो।
आन्दोलनका क्रममा ज्यान गुमाएका जेन-जीहरूको सम्झना र उनीहरूको सपना पूरा गर्न यो कार्यक्रम आयोजना गरिएको समूहले जनाएको छ।आयोजक नेत्रवाद दर्शनकी अभियन्ता स्मृति राईले पूजा केवल धार्मिक अनुष्ठान मात्र नभइ देशको विद्यमान राजनीतिक र संवैधानिक समस्या समाधानका लागि गरिएको एक सांकेतिक विरोध पनि भएको उल्लेख गर्नुभयो । ‘हामीले जेन–जीको समस्या समाधानका लागि यो कदम चालेका हौँ,’ राईले भन्नुभयो ।









प्रतिक्रिया