नेकपा एमाले पहिलो पार्टी बन्छः शंकर पोखरेल

काठमाडौं, १६ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २१ फागुनको निर्वाचनपछि नेकपा एमाले पहिलो पार्टी बन्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आगामी निर्वाचनमा नेकपा एमालेको लोकप्रिय मत पहिलोको तुलनामा बढ्ने दावी गर्नुभयो ।

प्रत्यक्षतर्फको मत धेरै पार्टीमा विभाजित भए पनि एमालेले बहुमत ल्याउन सक्ने उहाँको विश्वास छ । ‘अघिल्लो निर्वाचनमा नेकपा एमालेले २७, २८ प्रतिशत लोकप्रिय मत ल्याएको थियो । यसपटक त्यो बढेर ३० देखि ३४ प्रतिशतसम्म पुग्ने हाम्रो विश्लेषण छ,’ उहाँले भन्नुभयो, ‘बाँकी जनमत धेरै ठाउँमा विभाजित भयो भने हामी बहुमत ल्याउँछौं । थोरैमा बाँडियो भने हामी पहिलो पार्टी बन्नेछौं ।’ सामाजिक सञ्जालमा देखाइएको भीड र मतदानमा खस्ने मत फरक कुरा भएको उहाँको भनाइ छ ।

 

 

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार  १३ : ४९  बजे