युवा संघको अध्यक्ष बन्दै महाराज गुरुङ, क्षितिज थेबेले आजै नेतृत्व हस्तान्तरण गर्दै

काठमाडौं, १६ माघ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले नेतृत्व हस्तान्तरण गर्ने हुनुभएको छ । ताप्लेजुङबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थेबेले यसअघि महाधिवेशनमै भएको भद्र सहमति अनुसार उपाध्यक्ष महाराज गुरुङलाई नेतृत्व हस्तान्तरण गर्न लाग्नुभएको हो ।आजै एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा युवा संघको आयोजनामा केन्द्रीय युवा परिषदको पहिलो बैठक बस्दैछ ।सोही बैठकबाट पोखरा महाधिवेशनमा सर्वाधिक मत पाएका उपाध्यक्ष गुरुङ युवा संघको अध्यक्ष बन्न लाग्नुभएको हो ।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार  १२ : ११  बजे