पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना

काठमाडौँ, १५  माघ  । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ ।मुटुको समस्या देखिएपछि बिहीबार उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उहाँलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।उहाँको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरू अस्पताल पुग्नुभएको छ ।

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार  ०९ : १९  बजे