खगेन्द्र सुनारलाई तीन वर्ष कैद माग्दै

काठमाडौं, १५ माघ । बाँकेको क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका खगेन्द्र सुनारले गाइ–गोरुको मासु खान पाउनुपर्ने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै लुम्बिनी प्रदेश सभामा सांसदले नै कारबाहीको माग गरेका छन् । प्रदेश सभा सदस्य अम्बिका काफ्ले बुधबार यस विषयमा गम्भीर ध्यानाकर्षण गर्दै यस्ता अभिव्यक्ति दिने जोसुकैलाई कानुनअनुसार ३ वर्ष कैद हुनुपर्ने माग गर्नुभएको हो ।

केहि दिनअघि सार्वजनिक भिडियोमा सुनारले अरु जनावरजस्तै गाईगोरु खान चाहनेले पाउनुपर्ने बताउनुभएको थियो । तर चौतर्फी विरोध भएपछि आफूले त्यसो आशयमा नभनेको भन्दै खण्डन गर्नुभएको छ । प्रदेश सभाको बैठकमा सांसद काफ्ले सुनारको नाम नदिई बाँकेमा उम्मेदार नै बनेका व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिले सामाजिक र धार्मिक सद्भावमा गम्भीर असर परेको भन्दै कारबाही माग गर्नूभएको हो ।

 

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार  ०९ : १०  बजे