आमाछोराकै हत्या, अरु ३ जना घाइते

काठमाडौं, १४ माघ ।  बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले आमाछोराको हत्या गरेका छन् । आज बिहान ३ बजेतिर धारिलो हतियार प्रयोग गरेर उनीहरुको हत्या गरेको प्रहरीले जनाएको छ ।बारा क्षेत्र नम्बर ४ को परवानीपुर गाउँपालिका वडा नम्बर नं १ मा ३२ वर्षीय रामेश्वर मण्डल र उनको आमा ५२ वर्षीया सुमित्री देवीको टाउको काटेर हत्या गरिएको हो ।

सुमित्राको श्रीमान जगरूप महतो पनि घाइते छन् । घटनामा अरु दुई जना पनि घाइते भएका छन् । दुई जना घाइतेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।घटनास्थलमा प्रहरीले कुकुर लिएर अनुसन्धान थालेको छ ।

 

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार  ०८ : ३२  बजे