काठमाडौं, १३ माघ । भदौ २४ गते संसद भवनमा आगो लगाउने व्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार बनाएको छ। मोरङ–२ का उम्मेदवार कृष्णकुमार कार्की २४ भदौमा संसद भवन जलाउँदै गरेको दृश्य उहाँँकै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ। मोरङको रतुवामाई नगरपालिका–९ का स्थानीय कार्की भर्खरै वैदेशिक रोजगारीबाट फर्किनुभएको हो । उहानिकटका अनुसार कार्की जेन–जी आन्दोलनको केही दिनअगाडि मात्र नेपाल फर्किनुभएको हो । तर, अकस्मात् २४ भदौमा भएको आगलागीमा उहाँको तस्वीर र भिडियो टिकटकमा फैलियो। उहाँ आफैँले समेत उक्त दृश्य फेसबुकमा राखेको भेटिएको छ।
30
Shares









प्रतिक्रिया